ट्राफिक प्रहरीलाई कुटपिट गरेकाे आरोपमा राई पक्राउ
काठमाडाैं | साउन ७, २०८०
कुटिइएका ट्राफिक प्रहरी हवल्दार शाह (तस्बिरः सामाजिक सञ्जाल)
काठमाडौं: ललितपुरको चापागाउँ दोबाटोस्थित ड्युटीमै रहेका ट्राफिक प्रहरीलाई कुटपिट गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा ताप्लेजुङ घर भई हाल ललितपुर चापागाउँ दोबाटो बस्ने २६ वर्षीय विश्वास राई रहेका छन् ।
चापागाउँमा मोबाइल पसल चलाउँदै आएका राईले चापागाउँ दोबाटोमा ड्युटी गरिरहेका ट्राफिक प्रहरी हवल्दार सुनिल शाहमाथि कुटपिट गरेका थिए । त्यसपछि उनी फरार थिए ।
पक्राउ परेका राईलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

